काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी कम्पनीहरुको मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
नेप्सेका अनुसार सुपार मादीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ७२२.८६ रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ७५९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यसैगरी, माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ५५७.५० रुपैयाँ कायम भएको छ । मंगलबार यसको अन्तिम कारोबार मूल्य ६६९ रुपैयाँ थियो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर बुधबार कारोबार खुला हुनेछ ।


