वीरगञ्ज भन्सारले ४ महिनामा उठायो ३३ अर्ब राजस्व

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु ४ अर्ब ५८ करोड, कपडाबाट रु ४ अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु ३ अर्ब १७ करोड राजस्व सङ्कलन गर्यो ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु ३ अर्ब सात करोड राजस्व सङ्कलन गर्यो । चालु आवको चार महिनामा वीरगञ्जबाट रु २ खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भए । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गर्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार