मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा । आर्थिक वर्ष २०८२\८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु ७ अर्ब ९६ करोड ७ लाखबराबरका सामग्री निर्यात भए । गत आवको सोही अवधिमा रु ८ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार