काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त पदमा चार नयाँ सदस्य चयन भएका छन् । संघको बुधबार सम्पन्न भएको बार्षिक साधारणसभाबाट रिक्त पदमा एक जनाको कार्यकाल दोहोरिएको छ । यस बाहेकका बाँकी तीन जना नयाँ सदस्य चयन गरिएको संघले जनाएको छ ।
संघको सदस्यमा प्राइम बैंकका सीईओ संजीव मानन्धर दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । यसैगरी नबिल बैंकका सीईओ मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका सीईओ रामकुमार तिवारी र लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाह नयाँ सदस्यमा चयन भएका छन् ।
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्ड्ये र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी सुन्दर कँडेलको कार्यकाल सकिन लागेपछि सदस्य पद खाली भएको थियो । साथै, प्रभु बैंकका सीईओको कार्यकाल सकिन लागेपछि उनको ठाँउमा नयाँ सदस्य चयन भएको संघले जानकारी दिएको छ ।

