काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘SKYLINE’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट मैतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि विधिवत् उद्घाटन गरिएको छ । यस विशेष लॉन्च इभेन्ट ४ डिसेम्बरदेखि ६ डिसेम्बर २०२५ (१८ मंसिरदेखि २० मंसिर २०८२) सम्म निरन्तर रूपमा संचालन हुनेछ।
स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ, जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तर — हुलास एल्युमिनियमको भरोसा
हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिगाउपन प्रदान गर्छन्। कम्पनीले स्काइलाइनलाई ‘Value for Money’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।
किन स्काइलाइन?
- अन्तर्राष्ट्रिय स्तरको प्रिमियम एल्युमिनियम ढोका तथा झ्याल
- आधुनिक डिजाइन र दीर्घायु सामग्री
- लक्जरी इन्टेरियर तथा आर्किटेक्चरका लागि उपयुक्त
- ग्राहकले प्रत्यक्ष लक्जरी अनुभव गर्न पाउने शोरूम
- हुलास एल्युमिनियमको विश्वास र गुणस्तर
स्काइलाइनको उद्घाटनसँगै हुलास एल्युमिनियमले नेपालको लक्जरी एल्युमिनियम डोर–विन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
शोरूम ठेगाना मैतीघर, सेंट जेभियर्स कलेजको अगाडि रहेको छ ।

