काठमाडौं । शुक्रबार नेपाली बजारम सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ५२ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।
यसदिन चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ६ सय २५ रुपैयाँ थियो

