एमालेको महाधिवेशनमा युवा संघले ५० हजार युवा उतार्ने दावी

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा यूवा संघ नेपालले ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार  मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संघले विभिन्न वडा,जिल्ला,पालिका र प्रदेहरु कमिटीहरुलाई अनिवार्य रुपमा युवाहरुको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ ।

उनका  अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६१००,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार,उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ । यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेसबाट ४ हजार,गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार । कर्णाली र  सुदुरपश्चिम प्रदेशबाट ५ सयका दरले १००० युवा जुटाउने युवा संघले जनाएको छ ।

थेवेले भनेका छन्  ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौं । ’

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने छ भने २८ गतेबाट बन्द सत्र भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार