काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ ।
शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
जेन-जी अभियन्ता मिराज ढुंगानासहितको टोली शर्मालाई छुटाउन माग गर्दै भद्रकालीमा पुगेको थिए ।
उनीसहितका व्यक्तिले ‘गरि खान देऊ’ लेखिएको पोस्टर प्रधानमन्त्री निवास अगाडिको गेटमा टाँसको प्रहरीको भनाइ छ ।

