काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेट भएको छ । भण्डारी केहीबेरअघि मात्रै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेकी हुन् ।
जेन–जी आन्दोलनपछि भग्नावशेषमा परिणत भएका संरचना अवलोकनका लागि भण्डारी सिंहदरबार पुगेको भनिएको छ ।
तर, स्रोतका अनुसार उनी र प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर सिंहदरबार पुगेकी हुन् ।

