काठमाडौं । गत सातादेखि घटेको शेयर बजार आइतबार पनि घटेको छ । बुधबार १४ अंकले घटेको शेयर बजार आइतबार २१.४८ अंकले घटेको हो ।
२१.४८ अंकले घटेको नेप्से २६०९.६९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.७० अंकले घटेर ४४८.२५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.५७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१४ अंकले घटेको हो ।
आइतबार ३२५ वटा कम्पनीको ८९ हजार ७३१ पटक धितोपत्र कारोबार हुँदा १ करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर खरीद बिक्री भएको छ । करोबार रकम भने ५ अर्ब ३३ करोड ४४ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ९ करोड ८८ लाखले बढी हो ।
बुधबार करोबार रकम भने ५ अर्ब २३ करोड ५६ लाख पुगेको थियो ।
आइतबार ४६ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै १३ वटा समूह घटेको छ । बैंकिङ ८, विकास बैंक ५१, वित्त २४, जलविद्युत ४२, लगानी १, जीवन बीमा ७९, उत्पादन र प्रशोधन ७४, लघुवित्त ५२, म्युअुचल फण्ड ०.१४, निर्जीवन बीमा १०२, व्यापार ४६ र अन्य समूह ३ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा सागर डिष्ट्रलरी रहेको छ । सागर डिष्ट्रलरीको ४३ करोड ६९ लाख, ङादी गुप्रको ३२ करोड ५२ लाख, बन्दु्पुर १५ करोड ४८ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्यारेन्स १३ करोड ४० लाख रहेको छ ।

