काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ, फलस्वरुप बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्त सांस्थामा गैरबैकिङ सम्पति बढिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८२\८३ को पहिलो तीन महिनामा गैर बैंकिङ सम्पत्ति ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।
बैंक तथा वित्त सांस्था मध्य सबै भन्दा बढी वाणिज्य बैंकको गैरबैकिङ सम्पत्ति धेरै बढेको छ । राष्ट्र बैंक अनुसार चालु आवको पहिलो तीन महिनामा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४३ अर्ब २४ करोड ३० लाख रुपैयाँ रहेको छ। यो रकम गत आवको सोही अवधिको तुलनमा ११ अर्ब ५० करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थियो ।
त्यसैगरी २० वाणिज्य बैंक मध्ये सबै भन्दा बढी गैरबैकिङ सम्पत्ति हुनेमा गलोबल आइएमई बैंक हो राष्ट्र बैंक अनुसार गलोबल आइएमई बैंकको गैरबैकिङ सम्पत्ति ६ अर्ब ५ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रोमा हिमालयन बैंक जसको ५ अर्ब ९३ करोड पुगेको हो, एन आई सी एशियाको ४ अर्ब ४६ करोड पुगेको छ , प्राइम कर्मसियलको ४ अर्ब २५ करोड ७० लाख पुगेको हो , नेपाल इन्भेष्टमेण्ट मेघको ३ अर्ब ८७ करोड ६० लाख पुगेको छ, नबिल बैंकको ३ अर्ब ४५ करोड ७० लाख पुगेक छ , कुमारी बैंकको २ अर्ब ५२ करोड १० लाख पुगेको छ ।
लक्ष्मी सनराइज बैंकको २ अर्ब १९ करोड ६० लाख रुपैयाँ पुगेको छ । एनएमबी बैंकको १ अर्ब ७७ करोड २० लाख पुगेको छ , प्रभु बैंकको १ अर्ब ६८ करोड ५० लाख पुगेको हो । कृषि विकास बैंकले १ अर्ब ३४ करोड ४० लाख , सिटिजन्स बैंकले १ अर्ब २६ करोड २० लाख, नेपाल एसबीआई बैंकले ९५ करोड , सिद्धार्थ बैंकले ७७ करोड २० लाख , माछापुच्छ्रे बैंकले ६० करोड , एभरेष्ट बैंकले ५३ करोड ३८ लाख नेपाल बैंकले २ करोड ६४ लाख रुपैयाँ गैरबैकिङ सम्पति रहेको छ ।
त्यस्तै सबै भन्दा कम गैरबैकिङ सम्पत्ति हुनेमा राष्ट्रिय वाणिज्य बैंक जसको २५ करोड ६० लाख रुपैयाँ रहेको छ । २० वटा वाणिज्या बैंक मध्य स्टान्डर्ड चार्टर्ड बैंकको गैरबैकिङ सम्पत्ति छैन ।


