सिद्धार्थ बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्डकाे सुविधा

काठमाडौं- डिजिटल कारोबारलाई सहज बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले  भर्चुअल क्रेडिट कार्डकाे सुविधा सार्वजनिक गरेकाे छ ।सिद्धार्थ बैंकले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड”सार्वजनिक गरेको छ ।

उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (SBLNPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी Fonepay QR व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन्।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले BankSmartXP मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार