मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । एन. आर. एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ७८ हजार २ सय ९ कित्ता संस्थापक  शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक  हाल कायम संस्थापक शेयर धनीले

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त संस्थापक शेयरहरु खरिद गर्न ईच्छुक संस्थापक ३५ (पैतीस) दिनभित्र सो सम्बन्धी विवरण खुलाई तथा आवश्यक कागजात प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको सम्पर्क कार्यालय सितापाइला, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता र मूल्य समेत खुलाई निवेदन दिनु पर्नेछ  ।

बिक्रिमा रहेको शेयर खरिद गर्न पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने कानूनी व्यवस्थाका कारण  तोकिएको समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीले सो शेयर खरेद गर्न कुनै आवेदन पेश नगरेमा सर्व साधारणलाई शेयर खरिदको लागि प्रकृया अगाडि बढाइने मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार