काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी प्रत्यायोजन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्नछ ।
साथै, आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्ने, साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

