काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिएको उक्त रकम बराबरको टे«जरी बिलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।
कार्यालयका अनुसार ९१ दिनका लागि ८ अर्ब ५० करोड, १८२ दिनका लागि ८ अर्ब र ३६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८२ फागुन २६ गते, २०८३ जेठ २६ गते र २०८३ मंसिर २२ गते भित्र परिपक्क हुनेछ । ९१, १८२ र ३६४ दिनको अवधि रहने ट्रेजरी बिलका लागि सोमबार १० बजेदेखि २ बजेसम्म आवेदन दिन सकिन्छ ।
यसअघि मंसिर १५ गते कार्यालयले ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ९१ दिनका लागि ६ अर्ब ४ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । ६ अर्ब ४ करोडको ट्रेजरी बिलको लागि २८ अर्ब ४३ करोडको बोल परेको थियो । जसमा औसत छुटदर २.२१९९ रहेको थियो । १८२ दिनका लागि १५ अर्बको ट्रेजरी बिल सार्वजनिक गरेको थियो । १५ अर्बको ट्रेजरी बिलको लागि ४८ अर्ब ८९ करोडको बोल परेको थियो । जसमा औसत छुटदर २.४८४७ रहेको थियो । ३६४ दिनको लागि ५ अर्बको टे«जरी बिल सार्वजनिक गरिएको थियो । ५ अर्बको ट्रेजरी बिलको लागि २६ अर्ब ३२ करोडको बोल परेको थियो । जसमा औसत छुटदर २.६०२९ रहेको थियो ।
पछिल्लो सयम ट्रेजरी बिल बिक्री नभए सँगै कार्यालयले २६ अर्ब ४ करोड बराबरको नविकरण गरेको हो । । ट्रेजरी बिलको छुटदर करिब ३ प्रतिशत रहेसँगै प्रतिस्पर्धा बढेको हो । तरलता प्रशोचन गर्ने क्रममा बैंकहरुको आर्कषण ट्रेजरी बिलमा बढेको हो । तरलता प्रशोचनका लागि बैंकहरुले ऋणपत्रमा लगानी गर्न खोजिरहेका छन् , जसले गर्दा अल्पकालिन ब्याजदरहरु समेत घट्दै गएका छन् ।

