काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वित्तीय संसथाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले “क” वर्गका वाणिज्य बैंकमा ३ अर्ब ३८ करोड रुपैयाँ , “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ६५ कारोड २५ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।
राष्ट्र बैंकका अनुसार डिसेम्बर १४, २०२५ देखि डिसेम्बर १४, २०२६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले २४ मंसिर बिहान १० बजे देखि दिउँसो १२ बजेभित्र आवेदन दिनुपर्ने छ ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्कृय प्रतिशत कर्जा (एनपीएल) कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा (एनपीएल) अनुपात ३ ननाघेको ,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने ।

