काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । बजार २६०६.६७ अंकमा पुगेर बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५०, अंकले, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ। ३३१ वटा कम्पनी ८३ हजार २७३ पटक कारोबार हुँदा १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा ६६ करोड ९० लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख थियो ।
यस दिन ८ वटा उपसमूह घटेका छन् र ५ वटा बढेका छन्।बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक ०.११, वित्त ०.५७, होटल्स तथा पर्यटन समूह ०.२३, लगानी ०.१६, लघुवित्त ०.२९, म्युअुचल फण्ड ०.०१ र अन्य समूह ०.२१ प्रतिशतले घटेका छन्। जीवन बीमा ०.५० ,जलबद्युत ०.१२, उत्पादन र प्रशोधन ०.६१ र निर्जीवन बीमा ०.०५ र व्यापार समूह ०.४१ प्रतिशतले बढेका छन्।
अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय , झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको १० प्रतिशतले बढेको छ ।कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

