राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट-२०८२” सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी र निक्षेप संकलनमा उल्लेखनीय योगदान पुर्‍याइरहेका ६७ शाखाको सहभागितासहित ‘बिजनेस मिट-२०८२’ सौराहामा सम्पन्न गरेको छ।

दुई दिनसम्म चलेको कार्यक्रममा वर्तमान बैंकिङ आवश्यकताबारे चर्चा गर्दै शाखागत कार्ययोजना, सम्भावित ग्राहकहरूको अवस्था तथा निक्षेपलाई गुणस्तरीय कर्जामा रूपान्तरण गर्ने उपायहरू प्रस्तुत गरियो।

अध्यक्ष देव कुमार ढकालले बैंकको व्यवसाय विस्तार योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र क्षेत्रगत सम्भावनालाई आधार मानेर व्यावसायिक योजना बनाउन निर्देशन दिए। उनले सरकारी बैंकप्रतिको धारणा अझ सकारात्मक बनाउने तथा सेवाप्रवाहलाई चुस्त राख्नुपर्ने आवश्यकता औँल्याए।

प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वर्तमान निक्षेप संरचनालाई अवसरका रूपमा उपयोग गर्दै गुणस्तरीय कर्जा वृद्धि र चुस्त सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले कर्जाको गुणस्तरलाई प्राथमिकतामा राख्दै शाखा प्रबन्धकलाई लक्ष्यअनुरूप कर्जा प्रवाह र सेवाग्राहीप्रतिको व्यवहार सकारात्मक बनाउन निर्देशन दिए।

गुणस्तरीय कर्जा विस्तारका लागि शाखा, प्रदेश तथा केन्द्रिय कार्यालयका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिममार्फत सशक्त बनाउन बैंक प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा मानव संसाधन क्षमतावृद्धि, कर्जा विस्तारमा दक्षता बढाउने तालिम तथा सेवा प्रवाहको सुधार मुख्य एजेन्डा रह्यो। बैंकका कार्यकारी तथा प्रादेशिक अधिकारीहरूको उपस्थिति रहेकाे कार्यक्रममा आगामी लक्ष्य तथा कार्यदिशा तय गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार