काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डाटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए ।
अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेन जी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए । उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो ।
मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् ।
“जेन जी आन्दोलनका क्रममा एनसेललाई रु ६५ करोड बराबरको क्षति भएकामो हामीलाई दुःख लागेको छ । नेपालमा लगानी, विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध छ । हामीले लगानी प्रवद्र्धन गर्नुपर्छ । सरकार एनसेलको साथमा छ,” मन्त्री खरेलले भने । त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेन जी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसा समेत गरे ।
बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागि हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुझाव र युवाहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धताअनुसार, विद्यार्थीहरूको सञ्चार सेवासम्बन्धी आवश्यकताहरू पूरा गर्न हामी छिट्टै जेन जी प्याक सुरु गर्दैछौं।”
फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै, उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए । विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पु¥याउँदै, एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ । नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पु¥याएको छ ।
आफ्ना सेवाहरूभन्दा बाहिर पनि, एनसेल समाजप्रति योगदान दिन समान रूपमा प्रतिबद्ध रहँदै आएको छ । व्यवसायिक सामाजिक जिम्मेबारी अन्तर्गत एनसेल फाउन्डेसनमार्फत कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका क्षेत्रहरूमा केन्द्रित सामाजिक परियोजनाहरूमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य हासिल गर्ने सरकारका प्रयासलाई सहयोग पु¥याउँदै आएको छ ।

