काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँ थियो


