बाढीपहिरोको क्षतिमा बीमा दाबी ४ अर्ब ४ करोड रुपैयाँ

काठमाडौं । एको असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव रू. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिव रू. ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव रू. ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिव रू. २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव रू. ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव रु. १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।

यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रु. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा ( सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार