प्रधानमन्त्री कार्यालयमै झगडामा उत्रिय जेनजी युवाहरु

काठमाडौं । सरकारसँग सम्झौता भए लगत्तै सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरुबीच झगडा सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सम्वोधन गरेर हिँडेपछि जेनजी युवायुवतीहरु आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार