आईपीओ जारी गर्नका लागि सेबोनमा मौलाकाली केवलकारको निवेदन 

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली मन्दिर पुग्न मौलाकाली केवलकार संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार