काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१-८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेख अन्तर्गत नयाँ बोनस दर लागू हुने छ ।
नया जारी गरिएको बीमा लेखमा सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (जीवन समुनन्त) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना– विकल्प १÷विकल्प २) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६५ रुपैयाँ कायम कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक जीवन बीमालेख ( केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ ।
सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि–१५ वर्ष, जीवन समृद्धि–१५ वर्ष) अन्तर्गत बीमालेखमा १५ वर्षे अवधि र २० वर्षे अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।
अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ ।
अन्य (जीवन सारथी) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८५ रुपैयाँ कायम गरिएको छ ।

