पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी र तोडफोडले क्षतिग्रस्त संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छिन् । केही समयअघि जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी भवन परिसरमा पुगेकी हुन् ।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् ।

उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट अवलोकन गरेकी थिइन् ।

संसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

जेनजी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद् भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो ।

यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार