CLI

वाणिज्य बैंकले कमाए १९ अर्ब ३७ करोड, १५ वटाको नाफा घट्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा १९ अर्ब ३७ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशत कम हो । गत वर्षको कात्तिकसम्म बैंकहरुले २२ अर्ब २९ करोड नाफा कमाएका थिए ।

पछिल्लो समय बैंकहरुको खराब कर्जा बढेको छ । केही ऋणीहरुले कर्जाको सावा ब्याज पनि तिर्न सकिरहेका छैनन् । कर्जा असुली नहुँदा बैंकहरुले थुप्रै रकम प्रोभिजनका लागि छुट्याउनु परेको छ । यसरी आम्दानीको थुप्रै रकम प्रोभिजनमा छुट्याउँदा नाफामा दबाब परेको हो । त्यसमाथि जेनजी आन्दोलनका कारण व्यवसायीहरुलाई थप समस्या उत्पन्न भएको छ ।

यता, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसले ४ महिनामा २ अर्ब ५१ करोड, नबिलले २ अर्ब ४६ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ५८ करोड, एभरेष्टले १ अर्ब ५१ करोड, एनएमबिले १ अर्ब २७ करोड, कुमारी बैंकले १ अर्ब १८ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड नाफा कमाएको छ ।

त्यस्तै, स्टान्डर्ड चार्टर्डले ९१ करोड ५८ लाख, हिमालयन बैंक ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमा बैंकले ७७ करोड ९२ लाख, प्रभु बैंकले ७३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास र साटिजन्स बैंकले क्रमशः ७ करोड ४९ लाख र १ करोड ६४ लाख नाफा कमाएका छन् । तथ्यांक अनुसार १५ वटा बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।

Leave Your Comment

Related News