काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा चलाएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सहसचिव भट्टराईसँगै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल र जग्गा व्यवसायी खेम प्रसाद सुवेदीविरुद्ध उक्त मुद्दा पेस भएको हो ।
अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो ।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।

