एक हप्तामा करिब १ प्रतिशत घट्यो नेप्से

काठमाडौं । यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको हो ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ४.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.९५ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २३.७४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.३३ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ४० अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ ।

१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत बढेको छ । गत साता ८०५६.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता १९२.८७ अंक बढेर ८२४९.१२ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ । गत साता २३४५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६०.०८ अंक घटेर २२८५.८७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७२.१२ अंक घटेको छ । गत साता १० हजार ९७४.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.५७ पप्रतिशत घटेर १० हजार ८०२.५२ विन्दुमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार