काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमादिउसाे ११बजे र बाँकी बन्दसत्र र नेतृत्व छनाेटकाे कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
सल्लाघारीस्थित एक सय ८ रोपनी क्षेत्रफलको चौरमा तीनलाखको उपस्थिति रहने एमालेले जनाएको छ । महाधिवेशनमा करिब २ सय बढी भेषभुषाका झाँकी पनि प्रदर्शन हुने छ । यसपटक एमालेले विदेशी अतिथिलाई निमन्त्रणा गरेको छैन ।
११ औँ महाधिवेशनमा १६ वटा दलका नेतृत्वलाई आमन्त्रण गरिएको बताइए पनि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने बताइएको छ । नेकपाको कर्णाली सभाका लागि सुर्खेत जाने कार्यतालिका रहेको भन्दै उनका स्वकीय सचिव गोविन्द आचार्यले बेलुकासम्म सम्भव भए सहभागी हुने बताए ।
नेकपाले एकजना प्रतिनिधि पठाउने जनाएको छ । नेपाली जनता प्रतिगमनक पक्षमा नरहेको र मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन सडकमा आउन तयार भन्ने सन्देश सहित सभा आयोजना गरेको एमालेको दाबी छ । महाधिवेशनमा ५ सय बढी स्वयंसेवकलाई ड्रेस कोडमा परिचालन गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयोजक भानुभक्त ढकालले ५ सय बढी स्वयंसेवक ड्रेस कोडमा रहने जानकारी दिए । उनले भने, “हाम्रा वटा जनसंगठनहरुलाई प्रतिनिधित्व गराएर ५ सय बढी स्वयंसेवक ड्रेस कोडमा रहने गरी समन्वय गरेका छौं ।”
सम्पर्क समन्वय कमिटी, उपत्यकाका तीनवटै भूगोलका जिल्ला कमिटी र उपत्यका विशेषसहितलाई स्वयंसेवकका रुपमा समावेश गराएको ढकालले जानकारी दिए ।
५ सय स्वयंसेवकका अतिरिक्त नेतृत्व कमाण्डको व्यवस्था गरेको पनि उनको भनाइ छ ।
उनले भने, “१० जना स्वयंसेवक बराबर एउटा कमाण्डर, प्रत्येक संगठनको एक कमाण्डरको संरचनाभित्र हामीले त्यो काम गरेका छौं भने जनसभालाई व्यवस्थित र प्रभावकारी बनाउनका निम्ति हामीले १० हजार स्वयंसेवक परिचालन गर्ने योजना बनाएका छौं ।”
१० हजार स्वयंसेवक अलि खुकुलो खालको अनेरास्ववियु, युवा संघ, जिफन्ट लगायतका प्रतिनिधिलाई पहिचान सहित परिचालन गर्ने उनले बताए । ११ औँ महाधिवेशन हदैसम्मको व्यवस्थित र मर्यादित हुने एमालेले दाबी गरेको छ ।

