कुलमानले गरे नारायणी नदीकाे सिग्नेचर ब्रीजको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन्  । उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम कै समय तालिकामा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणिय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरेका छन् ।

४२० मिटर लम्बाइ रहेको उक्त पुल  रु १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ! पुलको लम्बाइ ४२० मिटर रहेको छ ! पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुलसडकलाइ सपोर्ट गर्ने सिस्टम रहेको छ ! यसै गरि नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार