CLI

आलु, गोलभेँडासहितका तरकारीको मूल्य  बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज रातो आलु, गोलभेँडासहितका तरकारीको मूल्य बढेको छ। त्यसैगरि करेला, च्याउसहितका तरकारीको भाउ भने घटेको छ।

केही तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८.९५, ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ४५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ९५, लोकल बन्दा ५५, स्थानीय काउली ५८, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १७०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ११०, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ५४, पाकेको फर्सी ३५, कन्य च्याउ १४५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली ९७ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, टनेलको सानो गोलभेँडा ७५, रातो आलु ४४, सुकेको भारतीय प्याज ३६, लोकल गाँजर ९५, लोकल बन्दा ५५, स्थानीय काउली ५१, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १७०, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १२५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३५, कन्य च्याउ १६०, डल्ले च्याउ ३७५, कुरिलो ११०० र ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो थियो।

Leave Your Comment

Related News