काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताए ।
शनबिार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि मुलकमा युवा नेतृत्व आउनुपर्ने र उसले मात्रै देशलाई विकासको बाटोमा अघि बढाउने जिकिर गरे ।
मन्त्री घिसिङले आगामी निर्वाचनपछि बन्ने सरकारले देशलाई सही बाटोमा अघि बढाउनुपर्ने भएकाले सोही सोचलाई अगाडि बढाउने गरी युवा नेतृत्व चयन गर्न सबैले लाग्नुपर्ने समेत बताए ।
उनले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा तिब्रता दिनका लागि निजी क्षेत्रको लगानी आवश्यक भएकाले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।
मन्त्री घिसिङले भने ,पूर्वाधारको क्षेत्रमा हामीले निजी क्षेत्रलाई कसरी अगाडि बढाउने, निजी क्षेत्रलाई बढी भन्दा बढी पूर्वाधारको क्षेत्रमा कसरी लगानी गर्न लगाउने रु भन्ने विषयहरुमा ऐन, कानूनको ठूलो परिवर्तनको जरुरी छ । यो काम आगामी सरकारले गर्नुपर्छ । अहिलेको इलेक्शनको गोभर्मेन्टले इलेक्शन गरेर फेरि पनि त्यस्तै पुरानै हिसावले संचालन गर्ने सरकार भयो भने त्यसले केही पनि काम गर्दैन । र अब आउने सरकार भनेको डेभलेपमेन्ट ओरेन्टेड, एउटा सही नेतृत्व दिने सरकार हुनुपर्छ ।

