बैंकिङ प्रणालीमा अधिक तरलता ३५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंसिर २८ गते ३५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार मंसिर २४ गते बध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ गर्दा बोलबमोजिम सबैभन्द कम ब्यजदरलाई पहिलो गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा  निशेष भाग जाने गरी कुल आह्वान  रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि पुस ९ गतेलाई तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार