काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहाना ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा ९ प्रतिशत बोनस र कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

