CLI

नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने

काठमाडौं । नेकपा (एमाले) को ११ औ महाधिबेशनको बन्द सत्र दिउँसो १ बजेबाट सुरु हुने भएको छ । आज बिहान ८ बजेबाट महाधिबेशनको बन्द सत्र  सुरू गर्ने भनिएता पनि ९ बजेलाई केन्द्रीय समितिको बैठक राखेसँगै बन्द सत्रको कार्यक्रम सरेको हो । केन्द्रीय समितिको बैठक ९ बजे बस्ने भनियपनि ११ बजे मात्र सुरू भएको छ ।

केन्द्रीय समितिको बैठकमा केपी ओलीले महाधिबेशनमा छानिने नेतृत्वमा आफ्नो टिम बनाउन असहज भएपछि  गत भदौ २२ गते गोदावरीमा विधान महाधिबेशन गरि घटाएको केन्द्रीय समिति र पदाधिकारी थपेर आफ्नो समस्या समाधान गर्ने दाउमा रहेका छन् । ओलिले गत शुक्रबार बसेको पार्टी पदाधिकारीको बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेपनि उनलाइ यो महाधिबेशनबाट नेतृत्वमा टक्कर दिन लागेको पुर्व राष्ट्रपति बिध्या भण्डारीको समर्थन पाएको ईश्वर पोखरेलको टिमले असहमति जारी गरेर अलपमतमा पर्ने भएपश्चात सो प्रस्तावबाट पछि हटेका थिए ।

केन्द्रीय समितिमा सुविधाजनक बहुमत भएको आधारमा केपी पक्षले विधान महाधिबेशनबाट पारित बिधान परिबर्तन गरेर पदाधिकारी १९ पुर्याउने दाउमा ओली रहेका छन् । सो ओलिको पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्तावमा  इश्वर पक्षले पारित हुन नदिने रणनीततिमा रहेको छ । पदाधिकारी कम भएमा ओली टिममा समावेसौ हुन नसकेका नेतालाई आफ्नो टिममा समेट्ने र ओली टिमलाइ कमजोर बमनाउने दाउमा पोखरेल समुह रहेको छ ।

नेकपा (एमाले) लाई बहुनेतृत्वको विकास गर्ने र लोकतान्त्रिकरण गर्ने भनेर अध्यक्षमा २ कार्यकाल, ७० बर्षको उमेर हद लागु गराएका थिए । ओली आफुले पारित गराएको प्रस्ताबबा पछि हट्दै बिधान महाधिबेशबाट दुबै पस्ताब उल्टाएका छन् भने आफुलाइ अध्यक्ष बन्न कुनै अबरोध नरहेको सन्देश दिएका छन् ।

Leave Your Comment

Related News