काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवाली जारि ११औं महाधिबेशनबाट निर्बाचित हुने नेतृत्वको पदाधिकारीमा आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८) बसेको केन्द्रीय कमिटी बैठकमा ७२ वर्षीय ज्ञवालीले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ । (एमाले) ले महाधिबेशनको उद्घाटन सत्र हिजो भक्पुर्को सल्लाघारीमा गरिसकेको छ ।

