नेकपा (एमाले)ले केन्द्रीय समिति र पदाधिकारी बढायाे

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय समितिमा पदाधिकारी संख्या १५बाट बढाएर १९जना पुर्याउने भएकाे छ । आज महाधिबेशन स्थलमा बसेकाे केन्द्रीय समितिकाे बैठकबाट पदाधिकारी संख्या १९ बनाउने निर्णय गरेकाे हाे ।

अब नेकपा (एमाले)मा अध्यक्ष १,उपाध्यक्ष ६,महासचिव १,उपमहासचिव ३,सचिव ९,स्थायी कमिटी ४५,पोलिटब्युरो ९९,केन्द्रीय कमिटी ३०१  हुनेछ । एस अघि २६गते साँझ बसेकाे सचिवालय बैठकबाट पदाधिकारी थप गर्ने निर्णय गराउन खाेजेका थिए । तर इश्वर पाेखरेल पक्षले असहमति जारी गरे पश्चा्चाचा  पारित हुन सकेकाे थिएन ।

एमालेकाे आज बसेकाे केन्द्रीय समिति सहित पदाधिकारी,पाेलिटब्युराे,स्यायी समिति बढाउन गरेकाे निर्णय महाधिबेशन हलमा पेश हुनेछ हलले साे प्रस्ताव पारित गरेका बिधानकाे अंग बन्नेछ र साेहिबमाेजिम काे पदमा महाबिबेशनले कार्यसमिति निर्वाचित गर्ने छ ।

नेकपा (एमाले) ले गत भदाैमा दशाैं महाबिबेशनले पारित गरेकाे संरचना परिवर्तन गर्दै १५ पदाधिकारी र २५१जना केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरेबाे थियाे । आजकाे बैठक पश्चात् पुन पुरानै संरचनामादगएकाे छ । याे निर्णय सँगै एमाले अध्यक्ष ओलिलाई आफ्नाे टिम बनाउन सहज हुनेछ । उनलाइ आफ्नाे टिममा भएका नेता व्यवस्थापन गर्न असहज भएपश्चात पदाधिकारी थप गराएका हुन । प्रस्तावित नयाँ संरचना अन्तर्गत युवा क्लस्टर थपिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार