काठमाडौं । हिम स्टार उर्जा कम्पनीको म्युचुअल फन्डहरुलाई बाँडफाँड गरेको सेयरको लक इन अवधि माघ १० गत समाप्त हुने भएको छ ।यस कम्पनीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको ४६ हजार ६२५ कित्ता सेयरको लक इन अवधि आगामी माघमा समाप्त हुन लागेको हो । लक इन समाप्त भएपछि म्युचुअल फन्डहरुले होल्ड गरेको सेयर बिक्री गर्न सक्नेछन् ।


