महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ । संस्थाको कार्यसमितिको निर्णयअनुसार भण्डारीलाई साधारण सदस्यको हैसियतसमेत नरहने गरी निलम्बन गरिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सार्वजनिक पदमा रहँदै भण्डारीसँग सम्बन्धित विषयमा विवाद उत्पन्न भएपछि उक्त कदम चालिएको हो ।

संस्थाका एक सदस्यले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठेपछि संस्थाको निष्पक्षता र साख कायम गर्न निलम्बन गरिएको जानकारी दिए । महान्याधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार