१२.५० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात, आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेको छ । सोसँगै बजार २५९४.८७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३० वटा कम्पनी ६० हजार पटक कारोबार हुँदा १ करोड १२ लाख  कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, कारोबार रकम भने ४ अर्ब ७४ लाख रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा यो रकम ५० करोड ९५ लाख रुपैयाँले बढी हो । बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ कारोबार रकम थियो ।

यस दिन ११ वटा उप समुह घटेका छन् भने २ वटा बढेका छन् । विकास बैंक ०.३४ प्रतिशत, वित्त ०.७८, होटल्स तथा पर्यटन समूह ०.८८, जलविद्युत ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन र प्रशोधन ०.७२, लघुवित्त ०.२७, निर्जीवन बीमा ०.२९, व्यापार समूह ०.५९ र अन्य समूह ०.४८ प्रतिशतले घटेको छ । बैंकिङ ०.०४ र म्युअुचल फण्ड समूह ०.५१ प्रतिशतले बढेका छन् ।

यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयर १० प्रतिशतले बढेका छन् । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा यसदिन कुमारी बैंकको संस्थापक सेयर पहिलो स्थानमा रहेको छ । सो बैंकको २६ करोड १८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको १८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ७ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार