बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ।
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एकाचाई पिएनस्रिवाचराले थाईल्याण्डमा डिसेम्बर ७ देखि लडाइँ सुरु भएयता सिसाकेत प्रान्तमा मारिएका पहिलो गैर–सैनिक (नागरिक) भएको बताए ।
कम्बोडियाली सेनाले नागरिक क्षेत्रमा रकेट प्रहार गर्दा छर्राबाट ६३ वर्षीय गैर–सैनिकको मृत्यु भएको थाई सेनाले जनाएको छ । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन् ।

