विघटित संसदको अर्थ समिति सभापति चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा

काठमाडौं । पूर्व सांसद तथा विघटित संसदको अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । नेपाली कांग्रेसका नेता चालिसे काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा उनी गोकर्णेश्वर नगरपालिकाका मेयर थिए ।

अख्तियार दलुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा भ्रष्टाचारको मुद्दा लागेको छ ।

फागुन २१ गते  हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कांग्रेसबाट उनी काठमाडौं ३ बाट उम्मेदवार सिफारिस भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार