CLI

यसरी निर्बाचित हुनेछ नेकपा (एमाले)को ३०१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तयार  गरि बन्द सत्रमा पास गर्न पेश गरिएको छ । बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

एमालेको केन्प्रद्स्तारीय समितिले आज बिहान परिबर्विग गरि पास गरेर महाधिबेशन हलमा पेश गरेको  संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यका सहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन्।

यसैगरी, खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन्।

समावेशी संरचनाअन्तर्गत

आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २),

मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २),

दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १),

थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३),

मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १)

प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना,

श्रमिकबाट ३ जना (खुल्ला २, महिला १),

अपाङ्गता भएका व्यक्तिबाट १ जना,

पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १)

सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १)

एमाले संगठन विभाग सचिव माधव ढुंगेलले , प्रस्तावित संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गरेको बताएका छन्।

Leave Your Comment

Related News