लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि भोलि पुस १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।

बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार