काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारणसभा पुस २३ गतेका लागि बोलाएको हो ।
उक्त सभा टिम कर्पोरेट सेन्टर शक्ति विनाय गैरीगाउँ काठमाडौमा दिउसो १ बजे हुने छ । उक्त सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन सम्बन्धी प्रस्ताव, प्राथमिक सार्वजनिक निष्काशनको प्रकृयालाई निरन्तर्ता दिने, कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने लगायतका विशेष पस्ताव पारित गर्ने छ । त्यस्तै आव २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र पारित, लोखापरिक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण उपर छलफल र पारित लगायतका प्रस्तावहरु रहेका छन् ।

