नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी दर्ता भोलि मतदान

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशन बन्द सत्रको दिस्रो दिन  आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ ।  आज नेतृत्व चयनको लागि निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ ।

निर्वाचन आयोगले बताएको कार्यतालिका अनुसार अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन, उमेद्वारओ फारम बनितरण उमेद्वारी दर्ता दावी बिरोध सहित उमेद्वारको अन्ति नामावली प्रकासन सम्मका काम आज सकेर  भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्छन् ‘उम्मेद्वारी दर्ता बिहान १०.३० देखि दिउसो १.३० बजेसम्ममा सकिनेछ । ’ उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ । उम्मेद्वारका विरुद्ध उजुरी दिने समय २.३० देखि  आधा घण्टालाई राखिएको छ । उम्मेद्वार विरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

हिजो देखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार