सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो ।

चाँदी भने ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भइरहरको छ । आइतबार चाँदि प्रतितोला ३ हजार ८२५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार