काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा र संस्थालाई प्रदान गर्दै आइरहेको ब्याजदर घटाएका हुन् ।
पुसका लागि ब्यक्तिगत मुद्दतिमा औसतमा ब्याजदर ०.२८ प्रतिशत विन्दुले घटेको छ । मंसिर उक्त दर ५.०४ प्रतिशत थियो । पुसमा ४.७५ प्रतिशत पुगेको छ । २० बैंकमध्ये ६ वटाले मात्र ब्याजदर यथावत राखेका छन् । बाँकीले भने घटाएका छन् । बैंकिङ च्यानलमा प्रसस्त तरलताका थुप्रिएको कारण बैंकहरुले ब्याजदर घटाएका हुन् ।


