काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २४ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभंश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस सेयर प्रस्ताव पेश गर्नेछ । साधरण सभा प्रयोजनाको लागि एनएमबि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


