CLI

नेप्से सूचकमा वृद्धि, २६ सय विन्दु माथि पुगेर बन्द भयो कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेको छ। बजार २६०१.६१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ५६ हजार पटक कारोबार हुँदा ७७ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, कारोबार रकम भने ३ अर्ब ४४ करोड १९ लाख पुगेको छ । आइतबारको तुलनामा यो रकम ५६ कारोड ५५ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ४ अर्ब ७४ लाख रुपैयाँ थियो ।

यस दिन ८ वटा उपसमूह बढेका छन् भने ५ वटा घटेका छन् । बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.३३,वित्त ०.९०,  जलविद्युत ०.०६, जीवन बीमा०.३०, उत्पादन र प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७  र व्यापार समूह ०.२७ प्रतिशतले बढेका छन् । होटल्स तथा पर्यटन समूह ०.११, लगानी ०.०८, लघुवित्त ०.०८, म्युअुचल फण्ड ०.११ र अन्य समूह ०.१७ प्रतिशतले घटेका छन् ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपाल १० प्रतिशतले बढेको छ ।  श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन ८.७९ प्रतिशथले बढेको छ । कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड  १५ लाख पुगेको छ  ।

Leave Your Comment

Related News